• पुस १९, २०७७
  • जुनकिरी खबर

रोटरी क्लव इटहरीद्धारा निःशुल्क पाठेघर क्यान्सरको परिक्षण

alt

महिलाहरुको पाठेघरमा हुने क्यान्सरको पहिचान गरि उपचारमा सहज वनाउने उद्धेश्यले रोटरी क्लव अफ इटहरीले आयोजना गरेको पाठेघरको क्यान्सर परिक्षण निःशुल्क शिविरमा ६५ जनाले परिक्षण गराएका छन ।
इटहरी उपमहानगरपालिकाको वडा नम्बर १, १६ र १७का महिलाहरुलाई लक्षित गरि सञ्चालन गरिएको पाठेघरको क्यान्सर परिक्षण शिविरमा ६५ जना महिलाहरुले परिक्षण गराएका हुन ।

महिलाहरुमा देखा पर्ने क्यान्सर रोग मध्ये सवै भन्दा बढी पाठेघरमा हुने क्यान्सरको दर उच्च रहेको तर्फ मध्यनजर गर्दै पाठेघरको क्यान्सर परिक्षण शिविर सञ्चालन गरिएको कार्यक्रमका संयोजक भुपेन्द्र निरौलाले वताए ।

रोटरी क्लव अफ इटहरी र रोट्रयाक्ट क्लव अफ इटहरीको आयोजना तथा इटहरी वडा नम्बर १,१६र १७को सहयोग रहेको शिविरको अध्यक्षता रोटरी क्लव अफ इटहरीकी अध्यक्ष विजु वहिनी श्रेष्ठले गरेकी थिइन ।

शिविर सफल वनाउन रोटरी क्लव अफ इटहरीका पुर्व अध्यक्षहरु अनन्त विष्ट , लक्ष्मी थेबे , गोविन्द कृष्ण सोनी , रोटरी क्लव अफ इटहरीका सचिव डिसी चौधरी रोट्रयाक्ट क्लवकी अध्यक्ष सविना श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]