• पुस २२, २०७७
  • जुनकिरी खबर

इटहरीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम पुर्न सुरु गरिने

alt

कोरोना सङ्क्रमणको कारण रोकिएको समुदाय प्रहरी साझेदारी कार्यक्रम इटहरीमा पुर्न सुरु गरिने भएको छ । 
 
इलाका प्रहरी कार्यालय इटहरी र इटहरी उपमहानगरपालिकाका १६ वटा वडा संयोजकको भेलाले कार्यक्रमलाई अब निरन्तर्ता दिने निर्णय गरेको छ । वडा संयोजक भेलाले कोरोनाको सङ्क्रमणलाई ध्यानमा राख्दै वडाहरूमा टोल समिति निर्माणको कामलाई सक्ने, ब्यानर बनाउने र कार्यक्रमहरू बनाएर सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ।
 
समुदाय प्रहरी पालिका समिति इटहरीको आयोजना गरिएको कार्यक्रममा अब प्रहरी र जनप्रतिनिधिहरू एक भएर कार्यक्रमलाई प्रभावकारी रूपमा समुदाय माझ पुराउने सहमति भएको थियो । पालिका समितिका संयोजक मेयर द्वारिकालाल चौधरीको अध्यक्षतामा भएको भेलाले समाजमा बढ्दो महिला हिंसा, साइबर अपराध, ठगी जस्ता घटनाहरू न्यूनीकरण गर्न प्रहरी र जनप्रतिनिधि एक भएर लाग्नु अबको आबश्कता भएको वडाध्यक्षहरूले जोड दिएका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले पनि समुदाय सुरक्षाको लागि तल्लो तहबाट गरिने कार्यक्रमले प्रभावकारिता राम्रो देखाउने बताउनुभयो ।
 
कार्यक्रममा कोरोना सङ्क्रमणको बिचमा पनि समुदायसँग जोडिएर इटहरी प्रहरी विभिन्न कार्यक्रम गरेको समेत केसीले वडा संयोजकको भेलामा जानकारी गराउनुभएको थियो । 
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]