• पुस २२, २०७७
  • जुनकिरी खबर

महिलालाई आत्मनिभरताका लागि सिटी सफारी हस्तान्तरण

alt

विभिन्न कारणले परिवारिक जिम्मेवारी समाल्न वाध्य भएका सुनसरीका तीन जना महिलाहरुलाई आत्मनिभरताका लागि सहयोग पुगोस भनेर माइती नेपालले सिटी सफारी उपलव्ध गराएको छ ।

समस्यामा पर्दै आएका महिलाहरुलाई विभिन्न किसिमले सहयोग तथा आत्मनिर्भरताका लागि तालिम समेत प्रदान गर्दै आएको माइती नेपालले इटहरी क्षेत्रमा तीन महिलाहरुलाई सिटी सफारी उपलव्ध गराएको हो ।

माइती नेपालका अध्यक्ष विश्वराम खड्काले सिटी सफारी चलाउने तालिम लिएका रिता कोइराला , सिता परियार र मनिसा कोइरालालाई एक कार्यक्रमका विच सिटी सफारीको चावी हस्तान्तरण गरे ।

महिला हकहितका क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएको माइती नेपालले समस्यामा परेका महिलाहरु लागि स्वरोजगारीमा जोड दिदै सिटी सफारी तालिम उपलव्ध गराएर सिटी सफारी समेत खरिद गरिदिएको सो अवसरमा जानकारी गराइयो ।

सिटी चलाउने तालिम लिएका ति महिलाहरुलाई माइती नेपालले ७५ प्रतिशत लगानी गरेर सिटी सफारी उपलव्ध गराएको माइती नेपाल इटहरीले जनाएको छ । सिटी सफारी पाएका महिलाहरुले सिटी सफारी चलाएर आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पारिवारिक जिम्मेवारी पुरा गर्दै दुख पाएकाहरुलाई आफुहरुले पाएको सहयोग जस्तै सहयोग गर्ने पनि उनीहरुले वताए ।

कोरोनाका कारण लकडाउन हुदा समेत आफुहरुले गर्दै आएको काम समेत गुमाउनु पर्दा समस्यामा परेका महिलाहरु थप समस्यामा पर्दै आएका थिए । सिटी सफारी पाएपछि अन्य कामको लागि भौतारिनु पर्ने समस्याबाट महिलाहरुले मुक्ती पाएका छन ।

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर २का वडाध्यक्ष हर्कवहादुर मगर , महिला सञ्जाल इटहरीकी अध्यक्ष कमला खड्का ,माइती नेपाली इटहरीकी कार्यक्रम संयोजक सुनिता कार्की लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]