• पुस २३, २०७७
  • जुनकिरी खबर

मुख्यमन्त्री शेरधन राईले सम्हाले आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार

alt

मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालय पुगेका मुख्यमन्त्री राईले प्रदेश १ को आर्थिक अवस्थाबारे जानकारी लिदैं सङ्घीयताको मुटु प्रदेश संरचना भएको बताएका छन् ।

सङ्घीयताको मुटु प्रदेश भएजस्तै प्रदेश सरकारको मुटु आर्थिक मामिला तथा योजना मन्त्रालय भएको उनले बताए ।

प्रदेश सरकार पहिलो वर्ष राम्रै चले पनि दोस्रो वर्षदेखि इन्द्र आङबोले आर्थिक मामिला मन्त्रालय भद्रगोल बनाएको आरोप समेत लगाएका छन् ।

प्रदेश सरकारको मुटु पहिलो वर्ष राम्रै चले पनि दोस्रो वर्षको अन्त्यदेखि समस्या देखिँदै गएको आफूले पाएको बताउँदै राईले चालु आर्थिक वर्षको बजेट प्रस्तुत भएर पारित भइसकेपछि प्रदेश सरकारको मुटु क्रोनिक अवस्थामा पुगेको थाहा पाएको बताए ।’

'प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको रहेछ, समस्या पहिचान भएकाले उपचारको प्रक्रिया सुरु भइसकेको छ' उनले भने ।

‘कर्मचारीलाई फकाउन समेत भ्याएका राईले मन्त्रालयका सचिवले चिकित्सकको भूमिका निर्वाह गरिरहेको समेत भन्न भ्याए ।

मुटुको सफल उपचारपछि सरकारलाई गतिशील बनाउने बताउँदै उनले क्रोनिक एकै पटक देखा नपरेको र आर्थिक मामिला मन्त्रालय कसका कारण यो अवस्थामा आइपुग्यो भन्ने सबै रिपोर्टिङ आफूले पाएको बताए ।

पूर्व आर्थिक मामिला मन्त्री इन्द्र आङबो प्रति लक्षित गर्दै प्रदेश सरकारले सही र यथार्थपरक बजेट बनाउन नसकेको र वित्तीय अनुशासन कायम नभएकोबारे मन्त्रीलाई पटक-पटक सचेत गराएको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]