• पुस २३, २०७७
  • जुनकिरी खबर

रामधुनी मन्दिरको पहिलो हुलाक टिकट प्रचलनमा

alt

त्रेता युगमा भगवान् रामले बालेको धुनी हालसम्म जगाइराखिएको विश्वास गरिने प्रसिद्ध तीर्थस्थल रामधुनीको विशेषता अङ्कित हुलाक टिकट पहिलोपल्ट प्रचलनमा आएको छ ।

हुलाक सेवा विभागले प्रचलनमा ल्याएको सो टिकटको मूल्य १० रुपैयाँ राखिएको छ । टिकटमा रामधुनी मन्दिर, बाबा वनखण्डी मन्दिर, धुनी, साजका मूढा, सीताकुण्ड, हरिण आदिको चित्र समेटिएको छ ।

रामधुनीको हुलाक टिकट १० लाख प्रति छापिएको तथा इन्डोनेसियाको पेरुम पेरुरी कम्पनीबाट छपाएर ल्याइएको हुलाक सेवा विभागकी डिजाइन कला अधिकृत पूर्णकला लिम्बूले बताइन् । रामधुनीको टिकट डिजाइन उनैले गरेकी हुन् ।

रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार रामधुनीको पहिलो हुलाक टिकट प्रकाशनका लागि समितिका तर्फबाट दुई वर्षअघि विभागमा निवेदन दर्ता गराइएको थियो । दुई वर्षअघि हुलाक सेवा विभागमा अधिकृत रहेका बराहक्षेत्र नगरपालिका–१० का दीपेन्द्र बुढाथोकीले यससम्बन्धी परिकल्पना तथा समितिलाई निवेदन दिन सहजीकरण गरेको बताइन्छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]