• पुस २४, २०७७
  • जुनकिरी खबर

हेल्पिङ हेन्ड क्लब इटहरीले २१ जनालाई निःशुल्क उपचार गरिदिने

alt

निम्न आर्थिक स्तर भएका परिवारका छोराछोरी कुलतमा फस्दा परिवारले रिहाब सेन्टरमा राखेर उपचार गर्न सक्दैनन् । त्यस्तै समस्यामा परेकालाई निःशुल्क उपचार गराइदिने हेतुका साथ इटहरीमा हेल्पिङ हेल्पिङ हेन्ड क्लबको स्थापना भएको छ । शुक्रवार इटहरी उपमहानगरपालिका ५ हलगडामा एक कार्यक्रम गरी क्लबको विधिवत् स्थापना गरिएको हो ।


क्लबको अध्यक्ष राजेश राई नियुक्त भएका छन् । उनले आफू कुलतमा फसेर रिहाब सेन्टर बस्दा धेरै कुरा सिकेको र त्यही कुरा हरूलाई हुन नदिन क्लबको स्थापना गरिएको जानकारी दिए । साथै उनले यो क्लबले यो वर्ष २१ जनालाई विराटनगर र इटहरीमा रहको रिहाब सेन्टरमा निःशुल्क उपचार गरिदिने जानकारी दिए । उनका अनुसार क्लबको पहलमा आर्थिक अवस्था कम भएका लागूऔषध सेवनकर्तालाई कुलतबाट छुटाउन ३ महिला र १८ जना पुरुषको निःशुल्क उपचार हुन लागेको हो ।

रिजवन फेलोसिप विराटनगरमा पाँच जना पुरुष, नव ज्योति सुधार केन्द्र विराटनगरमा एक जना पुरुष, मुक्ति केन्द्र इटहरीमा एक जना पुरुष, मोक्ष पुनजिवन केन्द्र इटहरीमा तीन जना पुरुष, एक नेपाल इटहरीमा तीन जना महिला र तीन जना पुरुष, सहारा पुनजीवन केन्द्र इनरुवामा एक जना पुरुष र रक्षा फाउन्डेसन पलकीमा एक जना पुरुषको क्लबले निःशुल्क उपचार गर्ने भएको हो ।

134987689_828394491347886_8127006579511068437_o

 
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]