• पुस २७, २०७७
  • जुनकिरी खबर

अग्रज संगीतकर्मी राम धामीको निधन

alt

निमोनियाको उपचार गराइरहेका अग्रज संगीतकर्मी राम धामीको निधन भएको छ । आइतबार साँझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको निधन भएको हो ।

कोभिड–१९ को उपचारको लागि उनी दुई साता अघि नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए । पछि निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो । 

धामी इटहरीस्थित संगीत साधना प्रतिष्ठानका अध्यक्ष थिए । साथै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्यसमेत थिए । 

विगत लामो समयदेखि इटहरीमा संगीत प्रशिक्षणमा सक्रिय उनको शवलाई सोमबार बिहान संगीत साधना प्रतिष्ठानको भवनमा श्रद्धान्जली दिएर अन्तिम संस्कार गरिने प्रतिष्ठानका महाचिव राजु केसीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]