• पुस २७, २०७७
  • जुनकिरी खबर

इटहरीमा यसरी मनाइयो पृथ्वी जयन्ती

alt

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गदै आज नेपाल एकिकरण दिवस तथा २९९ औ पृथ्वी जयन्ती मनाइँदै छ । त्यस्तै सुनसरीको इटहरीमा पनि यो वर्ष केहि फरक तरिकाले यो जयन्ती मनाइएको हो । पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज इटहरी चोकमा शाहजस्तै देखिन व्यक्ति खडा गरि, महिलाहरुले पञ्चेवाजा बजाई इटहरी चोक परिक्रमा गरि यो जयन्ती मनाइएको छ ।

देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो, जाइकटक नगर्नु झिकिकटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको पुर्व जर्नेल प्रेम सिह बस्न्यातले बताएका छन् ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । नेपाल एकिकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो । तर ६२ र६३ को आन्दोलन पछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । केही समयदेखि एकता दिवस मनाउन माग उठेपनि सरकारले कुनै निणय गर्न सकेको छैन ।

पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकिकरण गरेर वृहत नेपाल बनाएका थिए । तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उनको दूरदर्शिताको कदरका लागि भएपनि दिवस मनाउनुपर्ने माग उठ्दै आएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]