• माघ ३, २०७७
  • जुनकिरी खबर

आगलागीमा डेढ करोड बढीको क्षति

alt

सुनसरीको हरिनगरमा गएराती भएको आगलागीमा परी घरगोठ जल्दा डेढ करोढ बढी क्षतिको अनुमान गरिएको छ । 

सुनसरी प्रहरीले हरिनगरको वडा नम्बर ५ बशन्तपुर स्थित बंगाली टोलमा भएको आगलागीमा १ करोड ५३ लाख बराबरको क्षति भएको जनाएको छ ।  

आगलागीमा स्थानीय ६ परिवारको घरगोठ र चौपाया जलेको सुनसरी प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका अनुसार आगलागीमा रमेश मण्डल, पृथ्वीचन्द्र मण्डल, मोहन मण्डल, पशुपती मण्डल, बिबेक मण्डल र तपन मण्डलको घरगोठमा क्षति पुगेको छ । 

प्रहरीले दिएको जानकारी अनुसार आगलागीमा साइकल, थ्रेसर जस्ता सामान जलेका छन् भने खसीबाख्रा र परेवा समेत मरेका छन् । त्यसैगरी आगलागीमा परी गाईगोठ, अन्नपात र लत्ताकपडा सहित घरमा भएका सर–सामान समेत पूर्ण रुपमा जलेर नष्ट भएको छ ।  

रमेश मण्डलकोे घरबाट सल्केको आगो छिमेकीका घरमा समेत सल्केको थियो । उक्त आगलागी स्थानीय सहित सुरक्षाकर्मीले ५ वटा दमकलको सहायतामा नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार हिजो साँझ ६ बजे लागेको आगो राती ९ बजे नियन्त्रणमा लिइएको थियो ।  

यसैबिच आगलागी पीडित परिवारलाई गाउँपालिका अध्यक्ष गफार अन्सारीले खाद्यान्न सहितका राहत सामग्री वितरण गरेका छन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]