• माघ ६, २०७७
  • जुनकिरी खबर

सुनसरीमा दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु

alt

सुनसरीको दुहवी–इनरुवा सडकखण्डमा माईक्रोले मोटरसाइकललाई ठक्कर दिदा घटनास्थलमै ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बिराटनगरबाट राजबिराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत दिशामा रहेको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को ३४ प ४६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक सहित तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी इनरुवा ३ का बृख मण्डल र माईक्रोका सह– चालक सप्तरी घर भएका शंकरकुमार यादव रहेका छन् ।

मृतक मध्ये एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

माईक्रो चालक फरार भएको छन्  भने  उनको खोजि कार्य भइरहेको छ । उक्त  घटनास्थल ट्राफिक प्रहरि पोस्ट  दुहबीबाट ५ किलोमिटर  पश्चिम रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]