• माघ १४, २०७७
  • जुनकिरी खबर

महिला बचतद्धारा रक्तदान ५२ पिन्ट संकलन

alt

महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको वार्षिक कार्यक्रम अन्र्तगत आयोजित रक्तदान कार्यक्रममा ५२ जना महिला पुरुषले रक्तदान गरे।

जाडो मौषममा रक्तदान कार्यक्रमहरु कम हुने गरेको तर्फ मध्यनजर गर्दै विगतका केही वर्ष देखि नै महिला बचतले आयोजना गर्ने रक्तदान कार्यक्रम अन्र्तगत भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्दान गरेका हुन ।

महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा कृष्ण दल गणका गणपति अर्जुन दुलालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो ।

प्रदेस नम्बर १मा हुने रक्तदान कार्यक्रम मध्ये सर्वाधिक बढी रक्तदान कार्यक्रम आयोजना गरिने स्थानका रुपमा इटहरी पर्ने गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानमा संकलन हुने रगतमा ४० प्रतिसत जति इटहरी क्षेत्रबाट मात्र हुने भएको वताइन्छ ।

कार्यक्रममा इटहरी लेडी जेसिजकी अध्यक्ष गिता सुवेदी , उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्री कटुवाल होटल व्यवसायी संघका उपाध्यक्ष गोविन्दा थापा सेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]