• माघ २०, २०७७
  • जुनकिरी खबर

इटहरीमा सिद्धार्थ नकआउट फुटबल प्रतियोगिता हुँदै

alt

इटहरीमा स्व दिलेन्द्र राई स्मृति तेस्रो सिद्धार्थ नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । इटहरी ३ स्थित तामाङ टोलमा रहेको खेल मैदानमा माघ २३ देखि ३० गतेसम्म फुटबल प्रतियोगिता आयोजना हुने भएको हो । आयोजक सिद्धार्थ युवा समूहले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारे जानकारी दिएको छ ।
प्रतियोगितामा सुनसरी, मोरङ, झापा, उदयपुर र तेह्रथुमका फुटबल क्लबहरूले सहभागी जनाउने छन् । साथै ए डिभिजन क्लबमा खेल्ने खेलाडीहरूको समेत सहभागी हुने जनाइएको छ । प्रतियोगिताको उपाधि जित्ने टिमले ५१ हजार नगद र सिल्ड र दोस्रोलाई ३१ हजार नगर र सिल्ड पुरस्कार दिने आयोजक समूहका गोपाल तामाङले जानकारी दिनुभयो ।
 
समूहका सदस्य तथा फुटबल खेलाडी स्वा. दिलेन्द्र राईको स्मृतिमा यो वर्ष प्रतियोगिता आयोजना गर्न लागिएको समेत वहाँले दिनुभयो ।
 
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिताको समापन माघ ३० गते ल्होसार पर्वको दिन हुने भएकाले मौलिक मेला, सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने जनाइएको छ । २०५१ सालमा स्थापित यो समूहले सामाजिक र खेलकुद क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ ।।
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]