• माघ २१, २०७७
  • जुनकिरी खबर

इनरुवाबाट अढाई क्विन्टल गाँजा बरामद

alt

सुनसरीको इनरुवाबाट प्रहरीले अढाई क्विन्टल गाँजा बरामद गरेको छ । प्रहरीले इनरुवाको बलाखा नहर क्षेत्रबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।प्रहरीले को १ च ९८५२ नम्बरको स्कारपियोबाट २ सय ५० किलो गाँजा सहित दुई थान खुकुरी र १ लाख ५४ हजार नगद बरामद गरेको छ । गाँजा सहित भोजपुर हतुवागढी ९ का अर्जुन खड्का र धरान १ का ज्याक्सन श्रेष्ठ पक्राउ परेका छन् ।

नियन्त्रणमा लिइएका व्यक्ति सहित बरामद सामग्री प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गाँजा तस्करीको सुराकीमा प्रहरीले मध्यराती बाटै विभिन्न स्थानमा चेक पोइन्ट राखेको थियो । सो क्रममा स्कारपियो प्रहरीको ब्यारिकेट समेतलाई ठक्कर दिदै हुईकेको थियो ।भाग्ने क्रममा स्कारपियोले दुईवटा मोटरसाइकलमा समेतलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सो क्रममा ब्यारिकेट उछिटिएर चतरा कोशी पुलमा ड्यूटीमा खटिएका प्रहरी जवान उदय राई घाइते समेत भएको सुनसरी प्रहरीले जनाएको छ ।

 

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रमुख कमल थापाले रातीको १ बजेबाट गाँजा लोड गरिएको गाडीको पिछा गरेको प्रहरीले स्कारपियोलाई नियन्त्रणमा लिन एक राउण्ड फायर समेत गरेको बताए ।चतरा कोशी पुल देखिका विभिन्न स्थानका राखिएको प्रहरीको चेक पोइन्ट र ब्यारिकेट उछिन्दै भागेको स्कारपियोलाई सखुवागाछीमा रोक्न प्रहरीले गाडी तेर्साएपछि नहर तर्फबाट भाग्ने क्रममा बलाहा खण्डबाट स्कारपियो नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।

 

प्रहरीले स्कारपियोबाट प्लाष्टिकले बेरिएको अवस्थाका ९ ओटा बोराबाट २ सय ५० केजी तयारी गाँजा बरामद गरेको जनाएको छ । गाँजा सहित प्रहरीले २ थान खुकुरी र १ लाख ५४ हजार नगद समेत बरामद भएको जनाएको छ ।सुनसरी प्रहरीका अनुसार पक्राउ परेकाको हकमा म्याद थप गरी अनुसन्धान थालिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]