• माघ २४, २०७७
  • जुनकिरी खबर

इटहरीमा दुर्घटना, बाबुछोराकै मृत्यु

alt

इटहरी २ पीपलचौक स्थित कोशी लोकमार्गमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र. १–०१–०४४ प १२५६ नं. को मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुईजनाको मृत्यु भएको हो ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार उदयपुर रुपाटार २ घर भई हाल इटहरी ८ बस्ने बर्ष ५० को नुरजंग मल्ल र मोटरसाइकलमा सवार उनका बुवा बर्ष ८२ को कुबेर बहादुर मल्लको मृत्यु भएको हो ।

दुर्घटनाबाट उनीहरु दुवैजना गम्भीर घाइते भई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]