• माघ २९, २०७७
  • जुनकिरी खबर

सप्तकोशीमा हामफालेर प्रहरी हबल्दारले बचाए ज्यान...

alt

घरायसी तनावका कारण सप्तकोशीमा आफ फालेर आत्महत्या गर्न लागेका एक पुरुषलाई सशस्त्र प्रहरीका सहायक हबल्दार डम्बर श्रेष्ठले सकुशल उद्दार गरेका छन् । श्रेष्ठले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ६० वर्षीय भुवन घिमिरेको सकुशल उद्दार गरेका हुन्  । 

हप्तादिनदेखि घरायसी समस्याका कारण तनावमा रहेका घिमिरेले आत्महत्या गर्ने उद्देश्यले बुधवार दिउसो ३ः३५ बजे सप्तकोसी नदीमा हाम फालेको उद्धारपछि प्रहरीलाई बताएका छन् । 

सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलका अनुसार उद्धारपछि घिमिरेले पारिवारिक तनावका कारण आत्महत्याको प्रयास गरेको बताएका हुन् । उनका अनुसार घिमिरेले सप्तकोसीमा हाम फल्ने बित्तिकै गस्तीमा रहेका सहायक हबल्दार डम्बर श्रेष्ठल सप्तकोशीमा पौडेर उद्दार गरेका हुन् । 

तनावमा रहेका घिमिरेले बुधबार बिहानैदेखि बराहक्षेत्र मन्दिर नजिकै सप्तकोशीमा हाम फालेर आत्महत्या गर्न उपस्थित भएको प्रहरीसँग बताएका छन् । सुरुमा मन्दिर नजिकै मानिसहरुको भीडले केही समय पर्खेका उनले कोही पनि मानिस नभएको मौका छोपी सप्तकोशीमा हामफालेको प्रहरीसँग स्वीकार गरेका हुन्। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]