• साउन ६, २०७६
  • जुनकिरी खबर

अनियमितता रोक्न मुख्यमन्त्रीको निर्देशन

alt

आफ्नो मातहतका मन्त्रालयअन्तर्गतका कर्मचारी घुस रकमसहित पक्राउ परेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कर्मचारीहरुलाई अनियमितता रोक्न निर्देशन दिएका छन् । राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रदेशका कर्मचारीहरुको सोमबार भेला बोलाई यस्तो निर्देशन दिएका हुन् । 

‘जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका प्रमुख सिनियर डिभिजन इञ्जिनियर मोहनबाबु यादव रंगेहात १ लाख ८० हजार कमिसनको नाममा घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्छन्,’ उनले भने, ‘यो क्रम प्रदेश मन्त्रालयका सचिवहरुसम्म आए प्रदेशको अवस्था कस्तो हुन्छ र यसले कस्तो सन्देश जान्छ ।

त्यसैले बेलैमा सबैलाई गम्भीर र सचेत हुनु जरुरी छ ।’


कर्मचारीहरुले कमिसनको नाममा घुस माग्ने गरेको थुप्रै सूचना आफूले प्राप्त गरेको हुँदा मोहनबाबु यादव जस्ता थुप्रै कर्मचारी थपिने अवस्था रहेको प्रति कर्मचारीहरुलाई राईले सचेत गराए । ‘कुन कार्यालय कसरी चल्छ हामीले सूचना पाएका छौं, दिउँसै मातिएर कार्यालयमा गएर ठाडै घुस माग्ने चल्न विद्यमान छ,’ उनले भने, ‘यो अत्यन्तै लज्जास्पद कार्य भएकोले घुस लिने सञ्जाल अब तोड्नुको विकल्प छैन ।’ सबैले आ-आफ्नो व्यवहार सुधार्दै नयाँ नेपाल निर्माण जुट्न उनले आहृवान गरे ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]