• फागुन ३, २०७७
  • जुनकिरी खबर

इटहरीको एचआर र मेमोरियल म्यानपावर सिल

alt

इटहरीका दुईवटा मेनपावर कम्पनीलाई सिल गरिएको छ । शनिबार छापामार्ने क्रममा इटहरीको एचआर मेनपावर कम्पनी र मेमोरियल मेनपावर कम्पनीमा सिल गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । 

उनका अनुसार एकैदिन दर्जनभन्दा बढी मेनपावरमा छापा मारिएको थियो । शाखा भन्दै सञ्चालन गरिएका दुईवटा पूर्णरूपमा बन्द गरिएको महानिर्देशक दाहालले जानकारी दिए । इटहरीमा छ्यापछ्याप्ती मेनपावरहरू खुलेका छन् । विभागले छापा मारेको सूचना पाएपछि कतिपय मेनपावरका सञ्चालक भागेका थिए ।

सर्वसाधारणलाई ठगी गरेको अभियोगमा विभागले मेनपावर कम्पनीहरूमा छापा मारेको महानिर्देशक दाहालले बताए । विभागले हालसम्म प्रयोग गरिएका काजगात, कामदारहरूको सूचीलगायतका महत्वपूर्ण कागजातसमेत जफत गरेको छ । इटहरीमा थुप्रै मेनपावर कम्पनीका अवैध शाखा सञ्चालन भइरहेको पाइएपछि टोली पठाएको र टोलीले कारबाही थालेको महानिर्देशक दाहालले बताए । 

इटहरी क्षेत्रमा कमिसनको नाममा सर्वसाधारणलाई लामो समयदेखि ठगी गर्दै आएको भन्दै ती मेनपावरहरूमा छापा मारेको दाहाल बताउँछन् । विभिन्न बहाना गरेर सर्वसाधारण युवाहरू ठगिने गरेको भन्दै सचेत रहन समेत विभागले आग्रह गरेको छ ।

पछिल्लो समयमा युवाहरूलाई विभिन्न आश्वासन देखाएर मेनपावरहरूले ठग्ने क्रम बढेको विभागको ठहर छ । इटहरीका एक मेनपावर व्यवसायीले नाम नभन्ने सर्तमा भने, ‘अवैध मेनपावरका कारण वैध मेनपावरहरूलाई समेत समस्या परेको छ, सरकारलाई लाखौं रुपैयाँ धरौटी राखेर काम गर्ने हामीलाई अवैध गर्नेहरूका कारण समस्या भएको छ ।’

ती अवैध मेनपावरहरूले विदेश जानको लागि गरिने मेडिकलमा समेत ठगी गर्ने गरेको उनी बताउँछन् । पाँच हजारसम्म लिँदै बारम्बार मेडिकल गराउने र कमिसन खाने गरेको उनी बताउँछन् । एउटै व्यक्तिलाई विदेश जानुअघि ४ पटकसम्म मेडिकल गराएर कमिसनको धन्दा चलाएको उनले बताए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]