• फागुन ३, २०७७
  • जुनकिरी खबर

इटहरीमा बजार अनुगमन तिब्र

alt

इटहरी उपमहानगरपालिकाले बजार तथा होटल अनुगमनलाई तीब्रता दिएको छ ।

उपभोक्तालाई व्यापारीहरुले ठग्ने, कालोबवारी गर्ने जस्ता कुरा उठिरहेकाले अनुमगनलाई तीब्रता दिएको उपमहानगरपालिकाले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयसँगको सहयोगमा यहाँ सञ्चालित होटलहरुको अनुगमन सुरु गरेको हो ।
खाद्य प्रविधिले निश्चित निर्देशिका बनाएर होटल तथा रेष्टुरेन्टहरुको अनुगमन सुरु गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख काशिनाथ घिमिरेले जानकारी दिए ।

उनले खाद्य स्वच्छताको आधारमा होटलहरुलाई चार वर्गमा विभाजन गरिएको बताए । घिमिरेका अनुसार अतिउत्तमलाई ‘क’ वर्ग, उत्तमलाई ‘ख’ वर्ग, सन्तोषजनकलाई ‘ग’ वर्ग र सामान्य तथा सुधार गर्नुपर्नेलाई ‘घ’ वर्गमा राखिने छ ।

उनले आइतबार र सोमबार इटहरीका सम्पूर्ण होटलको अनुगमन गरिने र होटललाई स्वच्छताका आधारमा वर्गीकरण गरिने बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]