• फागुन ६, २०७७
  • जुनकिरी खबर

प्रदेश १ का केही स्थानमा वर्षाको सम्भावना

alt

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना तथा तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्न सक्ने हुदा तापक्रममा सामान्य गिरावट आउन सक्ने अनुमान गरिएको छ ।

बुधबार प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]