• फागुन ९, २०७७
  • जुनकिरी खबर

इटहरीमा खुल्ला तेक्वान्दो प्रतियोगिता हुने

alt

आगामी फागुन १४ र १५ गते इटहरी रङ्गशालामा प्रदेश नम्बर १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । 
विराट टेलिभिजन, चन्द्रमा तेक्वान्दो डोजाङ र सनसाइन तेक्वान्दो डोजाङको संयुक्त आयोजनमा प्रतियोगिता हुन लागेका आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । प्रदेश १ का १० वटा जिल्लाका चार सय भन्दा बढी खेलाडीहरिको सहभागितामा कार्यक्रम गर्न लागिएको सनसाइन तेक्वान्दो डोजाङका प्रशिक्षक तथा सञ्चालक सतिस काफ्लेले जानकारी दिनुभयो ।

विराट टेलिभिजनको प्रथम वार्षिकोत्सव अवसरमा हुन लागेको प्रतियोगिता इटहरी रङ्गशालामा रहेको तेक्वान्दो कवड हलमा दुईसम्म सञ्चालन हुर्ने विराट टेलिभिजनका विकल पौडेलले जानकारी दिनुभयो । विभिन्न तौल समूहमा ३५ वटा ‘फाइट’ हुने आयोजकले जानकारी दिएको छ । पुरुष तर्फ १७ र महिला तर्फ १८ वटा खेल हुने छ । सो प्रतियोगितमा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश. दश हजार, सात हजार र पाँच हजार नगद दिईने आयोजकले जानकारी दिएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट हुने पुरुष र महिला एक÷एक जनालाई नगदसहित सम्मान गरिने छ । साथै सहभागी सबैलाई प्रमाणपत्रले सम्मान गरिने आयोजकले बताएका छन् । सात लाख ८५ हजारमा सम्पन गर्ने लक्षका साथ हुन लागेको प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, हरिनगरा गाउँपालिका बुढी गंगा गाउँपालिका, गोर्खा भर्ति तालिम केन्द्र धरानले सहयोग गरेको पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको छ ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]