• फागुन ११, २०७७
  • जुनकिरी खबर

धरानबाट लागूऔषधसहित सातजना जना पक्राउ

alt

सुनसरीको धरानबाट प्रहरीले लागूऔषधसहित सातजना मानिसहरुलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानले सोमबार धरानका विभिन्न ठाउँमा छड्के जाँच गरी लागूऔषधसहित सातजनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार धरान ३ बस्ने ३० वर्षीय विनय तामाङ, २५ वर्षीय उत्सव श्रेष्ठ र ३० वर्षीय उमेश श्रेष्ठलाई लागूऔषध खैरोहिरोइन सहित प्रहरीले पक्राउ गरेको हो । लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

त्यस्तै, धरान १५ सयपत्री मार्ग स्थितबाट स्थानीय ४० वर्षीय कृष्ण थापा मगरलाई लागूऔषध सहित पक्राउ गरेको छ । त्यस्तै, प्रहरीले धरान ७ बाट धरान १३ बस्ने २६ वर्षीय ओमप्रकाश कार्कीलाई लागूऔषध खैरोहिरोइन सहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीले धरान ८ लाङघाली चौक बस्ने ४५ वर्षीय यज्ञ बहादुर खड्कालाई पनि लागूऔषध सहित पक्राउ गरेको छ । त्यस्तै, धरान ८ नै बस्ने २९ वर्षीय आकाश श्रेष्ठलाई पनि लागूऔषधसहित पक्राउ गरेको छ ।

लागूऔषधसहित पक्राउ परेकाहरुलाई आज मंगलबार सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]