• फागुन १२, २०७७
  • जुनकिरी खबर

चतराको कोशी पुल पर्यटकीय क्षेत्र बन्दै

alt

सुनसरी र उदयपुर जोड्ने सप्तकोशीको वैकल्पिक पुल पर्यटकीय स्थल बन्न थालेको छ । चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएसँगै यो क्षेत्र एउटा आकर्षक पर्यटकीय स्थल बनेको छ । यहाँ दैनिक सयौंको सङ्ख्यामा पर्यकटहरू आउने गरेका छन् । 

यतिबेला पुल आसपासमा सेल्फी खिच्ने र जेटबोट चढ्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो । त्यहाँ आन्तरिक पर्यटकको चहल–पहल बढेपछि होटल व्यवसायसमेत फस्टाउन थालेको छ । पुल आसपासको क्षेत्रमा अहिले धरान र इटहरी क्षेत्रबाट धेरैजसो पर्यटकहरू पुग्ने गरेका छन् । पुलमुनिबाट केही वर्षदेखि जेटबोट पनि सञ्चालन भएको छ । यो बोट वराहक्षेत्र, सिम्लेसम्म पुग्ने गरेको छ । उदयपुर, सप्तरी, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, सप्तरीबाट जेटबोट चढ्न र वनभोज खान आउने गरेको स्थानीय होटल व्यवसायी नन्द राई बताउँछन् । अहिले यस क्षेत्रमा पर्यटकहरू आउने क्रम बढ्दै गएको उनी बताउँछन् । 

इटहरीबाट पारिवारिक वनभोजमा गएकी तरहराकी सविता राईले कोशी क्षेत्र पर्यटकहरूको लागि उत्तम गन्तव्य भएको बताइन् । ‘सिम्लेसम्मको जेटबोट यात्रा अविस्मरणीय भयो’–उनले भनिन् । पहिलो पटक जेटबोट चढ्दा आफू दङ्ग भएको उनले बताइन् । ‘वरिपरि डाँडाकाँडा हेर्दे पानीमाथि हिँड्नुको मज्जा नै बेग्लै थियो’ –उनले अनुभव सुनाइन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]