• फागुन २०, २०७७
  • जुनकिरी खबर

प्रदेश १ को प्रदेशसभा बैठक चैत २ गतेलाई सर्‍यो

alt

नेकपा व्यावहारिक र राजनीतिक रूपमा दुई टुक्रा भए पनि औपचारिक विभाजन नहुँदा प्रदेश १ सभा अनिर्णयको बन्दी बनेको छ । दाहाल–नेपाल समूहले पुस १२ मा दर्ता गराएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पार्टी औपचारिक रूपमा विभाजन नभएकै कारण अहिलेसम्म टुंगिन सकेको छैन ।

नेकपाको ओली समूहमा रहेका मुख्यमन्त्री राईसहितका सांसद औपचारिक रूपमा पार्टी विभाजन नहुन्जेल प्रदेशसभा बैठकमा सहभागी नहुने अडानमा छन् ।

प्रदेशसभा बैठकमा सरकारका मन्त्रीहरू सहभागी नहुने र सत्तापक्षका सांसदले नियमापत्ति जनाएर संसद् चल्न नदिने नीति लिएका कारण सभामुख प्रदीपकुमार भण्डारीले बिहीबार दिउँसो १ बजे बोलाएको प्रदेशसभा बैठक चैत २ गते १२ः३० बजेसम्मका लागि बुधबार सूचना टाँस गरेर स्थगित गरेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]