• फागुन २३, २०७७
  • जुनकिरी खबर

पत्रकार महासंघ सुनसरीको आधारभूत पत्रकारीता तालिम सम्पन्न

alt

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्य समित आयोजना र नेपाल पत्रकार महासंघ सुनसरीको संयोजनमा सात दिने आधारभूत पत्रकारीता तालिम सम्पन्न भएको छ ।

गत फागुन १७ गतेबाट सुनसरीको इटहरी र इनरुवामा भएको तालिम आइतबार सम्पन्न भएको हो । तालिममा सुनसरीका ४० जना नयाँ तथा पुराना पत्रकारहरुको सहभागिता रहेको थियो । सुनसरीका सञ्चार गृहमा आएका नयाँ पत्रकारहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको महासंघका सुनसरी अध्यक्ष अमर खड्काले जानकारी दिनुभयो । उहाँले धेरै जसो कसैको लहैलहैमा लागेर वा रहरले पत्रकारीतामा लाग्ने गरेको र उनिहरुमा आधारभूत ज्ञान नै नहुने भएकाले यो तालिमल विशेष भूमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार पुनः ६ महिनापछि एड्भान्स पत्रकारीता पनि सञ्चालन हुने छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालन भएको तालिमको सहजिकरण नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार धर्मेन्द्र झा ले गर्नुभएको थियो । पछिल्लो समय पत्रकारीता क्षेत्र व्यवसायीक बन्दै गएकाले नयाँ पुस्ताको प्रवेश बढेको झाको भनाइ छ ।

लामो समयदेखि पत्रकारीता गरिरहेका र नयाँ पुस्ताका पत्रकारले पनि यो तालिमले आफूलाई पत्रकारीता के हो र कसरी गर्ने भन्ने विषयमा थाहा भएको बताएका छन् । आफूले सिकेको कुरा व्यवहारमा पनि प्रयोग गर्ने उनिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । सहभागिहरुलाई महासंघल आधारभूत तालिमको प्रमाणपत्रसमेत प्रदान गरेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]