• फागुन २५, २०७७
  • जुनकिरी खबर

सुनसरीमा विवाद : नेपाल पक्षले राखेको बोर्ड ओली समूहले फाल्यो

alt

नेकपा एमाले सुनसरीमा विवाद सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच विवाद सुरु भएको हो । 

सुनसरी एमालेमा ओली पक्ष कमजोर मान्निन्छ । यस अगाडि भएको नेकपामा अधिकांश पूर्वएमाले नेता कार्यकर्ता दाहाल–नेपाल पक्षमा खुलेका थिए । अधिकांश जिल्ला नेता र कार्यकर्ता नेकपाको दाहाल नेपाल पक्षमा लागे पश्चात ओली पक्षले सुनसरीमा रेवतीरमण भण्डारीको अध्यक्षतामा अर्को जिल्ला कमिटी चयन गरेको थियो । सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई यथावतको फैसला सुनाए पश्चात सुनसरीका विभिन्न पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड पार्टी कार्यालयमा राखेको थियो । 

 मंगलवार नेकपा एमालेका सुनसरी अध्यक्ष रमेश बस्नेतको नेतृत्वमा जिल्ला सचिव नन्द बस्नेतले एमालेको इनरुवास्थित जिल्ला कार्यालयमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेको थियो । माओवादी केन्द्रका जिल्ला नेतासँग विदाई कार्यक्रम समेत गरेर बस्नेतको समूह फर्किए पश्चात एमालेको भण्डारी समूह पार्टी कार्यालय प्रवेश गरी पहिला राखेको बोर्ड फ्याकेर अर्को बोर्ड राखेका छन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]