• फागुन २७, २०७७
  • जुनकिरी खबर

इनरुवाका मेयरले गरिदिए एकसय ३० परिवारको स्वास्थ्य बिमा

alt

सुनसरीको इनरुवा नगरपालिकाका मेयर राजन मेहताले एकसय ३० परिवारको निःशुल्क स्वास्थय बिमा गरेका छन्। मेयर मेहताले इनरुवा नगरपालिका वडा नम्बर २ का अतिविपन्न परिवारको निल्शुल्क स्वास्थय बिमा गरिदिएका हुन्। 

आर्थिक अभावका कारण स्वास्थय सेवाबाट वञ्चित हुँदै आएका मगर टोलका अतिविपन्न परिवारको मेयर मेहताले आफूले नगरपालिकाबाट लिएको तलव भत्ता रकमबाट निःशुल्क स्वास्थय बिमा गरिदिएको बताए। उनले आफ्नो सेवा सुविधाबाट प्राप्त गरेको तीनलाख ५० हजार रुपैयाँले विपन्न परिवारको स्वास्थय बिमा गरेका हुन्।

उनले स्वास्थय बिमा गरिदिएका परिवारको वर्षदिन पश्चात् पुनः नवीकरण गरिदिने समेत बताएका छन्। मेयर मेहताले स्वास्थय बिमा गरिदिएकोमा स्थानीय सुजित रानामगरले खुसी व्यक्त गरेका छन्। उनले विपन्न एकसय ३० घरपरिवारको एकमुष्ठ स्वास्थय बिमा गरिदिएकोमा मेयर मेहतालाई धन्यबाद दिएका छन्। 

सबै परिवारको फारम भरी सकेपछि रकम उपलब्ध गराउने मेहताले बताएका छन्। स्वास्थ्य बिमा कार्यक्रममा समेट्न लागिएको परिवारले जेठ १ गतेबाट स्वास्थ्य उपचार सेवा लिन पाउने छन्। बिमाको अवधी भने १ वर्षको रहने छ।

सो अवधीभित्र प्रत्येक परिवारले सरकारले निर्धारण गरे अनुरुपको सेवा वापत १ लाख बराबरको स्वास्थ्य उपचार पाउने छन्। त्यस पश्चात् भने सेवा निरन्तरताको लागि पुनः बिमा नवीकरण गर्नु पर्ने हुन्छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]