• फागुन २९, २०७७
  • जुनकिरी खबर

इटहरीमा हेल्पिङ यूथ फर ब्लडको रक्तदान कार्यक्रम सम्पन्न

alt

सडक दुर्घटनामा परि घाइतेहरूको उपचारको लागि हेल्पिङ यूथ फर ब्लडको आयोजनामा इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 
 
इटहरी ९ स्थित नयाँ बजार अगाडी रक्तदान गरिएको हो । कार्यक्रममा ५४ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा विभिन्न संघसंस्थाहरुले समेत सहकार्य गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि उघोग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेल थिए । 
 
आयोजक हेल्पिङ यूथ फर ब्लडका अध्यक्ष विकल पौडेलले सडक दुर्घटनामा परि घाइतेहरूको रगत अभावको कारण मृत्यु हुन नदिन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
 
bbb रक्तदान कार्यक्रमलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैङ्कले प्रबिधिक सहयोग गरेको थियो । कार्यक्रमको संयोजक विनोद कार्की रहेका थिए । कार्यक्रमका संयोजक कार्कीले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रम निरन्तर गर्ने बताउनुभयो । 
 
यस्तै इटहरीमा दशनामी समाज इटहरीले समेत रक्तदान कार्यक्रम आयोजना गरेका थियो । 
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]