• चैत ३, २०७७
  • जुनकिरी खबर

इटहरी उपमहानगरको आठौं नगरसभा : ७ वटा विधेयक पारित

alt

इटहरी उपमहानगरको आठौं नगरसभाले १ अर्ब ९५ करोड ४० लाखको संशोधित पूरक अनुमानित आयव्यय पारित गरेको छ ।   

नगरसभाले दुईवटा संशोधन विधेयक पारित गरेको छ भने सात वटा विधेयक पारित गरेको छ ।  सभामा विनियोजन ऐन संशोधन विधेयक र आर्थिक ऐन संसोधन विधेयक पारित भएको हो । 

यसैगरी नगरसभाले इटहरी उपमहानगरका कर्मचारीको तह तथा स्तरवृद्धि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ र इटहरी उपमहानगरका कर्मचारीको स्थायी तथा करार नियुक्ति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पारित गरेको छ । 

यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, इटहरी उपमहानगरपालिकाको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, इटहरी स्वास्थ्य ऐनका सम्बन्धमा बनेको विधेयक, इटहरी भूउपयोग तथा जग्गा व्यवस्थापन गर्न बनेको विधेयक, टोल विकास सस्था संचालन तथा व्यवस्थापन गर्न बनेको विधेयक पारित भएको छ । 

सभामा विधेयक माथि भएको छलफलमा नगरसभा सदस्यहरु गणेश केसी, तोया ढकाल र कुमारी न्यौपानेले भाग लिए । छलफलमा उठेका विषयको उपप्रमुख लक्ष्मी गौतमले जवाफ दिइन् । 

सभाको समापनमा मन्तव्य व्यक्त गर्दै नगर प्रमुख द्वारिकलाल चौधरीले कोरोना महामारीका कारण लक्ष्यबमोजिमको राजश्व संकलन हुन नसक्दा सातौं नगरसभाबाट स्वीकृत कार्यक्रम र विकास निर्माणमा असर परेको बताए । 

यस्तो परिस्थितिमा सिमित स्रोत साधनका बावजुद पनि नगरबासीका आकांक्षा र चाहना पूरा गर्न उपमहानगर लागि परेको बताए । 

उनले आठौं नगरसभाले पारित ऐन कार्यान्वयनमा लागि पर्ने प्रतिबद्धता गरे ।

फागुन १४ गते सुरु भएको सभा चैत २ र ३ गरी तीन दिन बसेर सम्पन्न भएको हो । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]