• चैत ६, २०७७
  • जुनकिरी खबर

इटहरीका कलेजहरुमा विद्यार्थीहरुले गरे तालाबन्दी

alt

कलेजले अन्यायपुर्वक कोरोना अवधिको पनि शुल्क असुल्न थालेको भन्दै आन्दोलनरत इटहरीका विद्यार्थीहरुले कलेजहरुमा तालाबन्दी गरेका छन् ।

इटहरी उपमहानगरपालिकामा भएको वार्तामा मेयर द्धारिकलाल चौधरीले समस्या समाधान गर्न ७ दिनको समय मागेपनि आन्दोलनरत विद्यार्थीहरु असहमत हुँदै तालाबन्दीमा उत्रिएका हुन् । वार्तामा सहभागी विद्यार्थीका प्रतिनिधिहरुले मेयर चौधरीको आग्रह वमोजिम एक साताको समय दिने सहमति गरेका थिए । तर, वार्तास्थलबाट बाहिरिए पछि अन्य विद्यार्थी समुहले उक्त सहमति अस्वीकार गर्दै निर्णय तत्काल हुनुपर्ने भन्दै तालाबन्दीमा उत्रिएका हुन् । 

उनीहरुले विश्व आदर्श, कस्तुरी, कोशी कलेजमा तालाबन्दी गरिसकेका छन् भने अहिले विद्यार्थीहरु सुष्मा कलेजमा पनि तालाबन्दी गर्न गइरहेका छन् । विद्यार्थी समुहले निर्णय नमान्ने भन्दै तालाबन्दी गर्न हिडेपछि वार्तामा बसेका विद्यार्थी प्रतिनिधिहरु पनि उनीहरुसँगै गएका छन् । कलेज प्रशासनले कोरोना महामारीको बेला पढाइ नभएपनि शुल्क असुल्न थालेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]