• चैत ६, २०७७
  • जुनकिरी खबर

पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि

alt

नेपाल आयल निगमले चार महिनादेखि पेट्रोलियम पदार्थको मूल्य लगातार वृद्धि गर्दै आएको छ  । तर, मूल्यवृद्धिको विरोधमा कोही बोल्न सकिरहेका छैनन् । 

पेट्रोलियम पदार्थमा मात्र नभई अन्य दैनिक उपभोग्य वस्तुमा कालोबजारी तथा विकृति बढ्दै गइरहेको छ । कालोेबजारी विरुद्ध विरोध गर्ने विरासत बोकेका विद्यार्थी सङ्गठन पनि अहिले चुइँक्क बोल्न सकेका छैनन् । 

इण्डियन आयल कर्पोरेशनको फेब्रुअरी २०२१ को मूल्यअनुसार नेपाल आयल निगमले २०७७ चैत ४ गतेदेखि मूल्य वृद्धि गर्दै नयाँ मूल्य कायम गरेको छ । निगमले  महिनामा २ पटक मूल्य वृद्धि गर्दै आएको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन कार्यविधि २०७१ अनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । मूल्य समायोजन भएर वृद्धि भएपछि पेट्रोलको प्रतिलिटर मूल्य १ सय १६ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर ९९ रुपैयाँ ५० पैसा कायम भएको छ । एलपी ग्यासको मूल्य समायोजन गरिएको छैन । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]