• साउन ७, २०७६
  • जुनकिरी खबर

खोटाङमा दैनिक उपभोग्य अभाव सुरु

alt

झरीले सडक भत्किएपछि ढुवानी हुन नसक्दा जिल्लामा दैनिक उपभोग्य वस्तु अभाव सुरु भएको छ । दुई साताअघि सहरसँग सिधा सम्बन्ध गाँस्ने सडक भत्किएपछि दिक्तेल लगायतका अन्य पालिकाका व्यापारिक केन्द्रहरुमा उपभोग्य अभाव सुरु भएको हो ।

तराईका सहरसँग सिधा यातायात सम्बन्ध टुट्दा ग्यास, चामल, नुन, चिनी, तेल लगायतका उपभोग्य वस्तु अभाव सुरु भएको हो। खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईका अनुसार अब एक साताभित्र सडक सुचारु नभए थप अभाव सिर्जना हुने छ।

सडक सञ्चालनका लागि सोलु, ओखलढुंगा, उदयपुर लगायतका उद्योग वाणिज्य संघसँगको समन्वयमा सम्बन्धित निकायलाई अनुरोध गरिएको बताए।

प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले भने उपभोग्य वस्तु अभाव नभएको बताएका छन्। यद्यपि सडक खुलाउने बारे पहल भइरहेको प्रजिअ उपाध्यायले बताए। स्थानीयले भने खोजेको उपभोग्य वस्तु बजारमा नपाएको बताएका छन्।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]