• चैत ८, २०७७
  • जुनकिरी खबर

इटहरीका निजी कलेजका बिद्यार्थीहरुले मागमा नागरिक समाजको समर्थन

alt

इटहरीमा सञ्चालित कलेजहरुमा प्लस टु तहमा अध्ययनरत विद्यार्थीहरुले शुल्कको विषयलाइ लिएर सुरु गरेको आन्दोलनले उग्ररुप लिएको घटनाप्रति नागरिक समाज इटहरीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै इटहरीका निजी कलेजहरुले लकडाउनको समयमा पठनपाठनसमेत नभएको अवधीको शुल्क विद्यार्थीहरुबाट असुल्न खोजेको भन्दै विद्यार्थी, अभिभावक तथा विभिन्न राजनैतिक दल निकट विद्यार्थी तथा युवा संगठनसमेतको सहभागितामा भइरहेको प्रदर्शन र आन्दोलनको घटना प्रति नागरिक समाज गम्भीर बनेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

साथै इटहरीमा सामुदायिक क्याम्पसको रुपमा रहेको जनता बहुमुखी क्याम्पसमा पनी शुल्कको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलनरत भएको विषयप्रति पनि अत्यन्तै गम्भिर भएको पनी विज्ञप्तीमा उल्लेख छ ।

टहरीका निजी कलेजहरु विरुद्धको आन्दोलनले निरन्तर उग्ररुप लिइरहदा समस्या समाधान हुने तर्फ कुनै नतिजा प्राप्त गर्न नसक्नु दुखको कुरा भएको र विद्यार्थीहरुले सारेको मागको सम्बन्धमा छलफल गरेर निकर्षमा पुग्न आवश्यक रहेको नागरिक समाज इटहरीका अध्यक्ष सन्तबहादुर डुम्जनले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]