• चैत ११, २०७७
  • जुनकिरी खबर

सुनसरी प्रशासनद्वारा होली नखेल्न अनुरोध

alt

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि आउँदै गरेको फागु पूर्णिमा होलीको अवसरमा भिडभाड जमघट नगर्न भन्दै सूचना जारी गरेको छ ।

छिमेकी मुलुक भारतमा कोभिड–१९ को प्रकोप थप सक्रिय भई सङ्क्रमणको दर बढ्न गएको तथा उक्त महामारीका कारण मृत्युदरमा समेत वृद्धि भएकोले खुला सीमा नाकाहरूबाट जनमानसको आवतजावत बढ्न गएको सन्दर्भमा गृह मन्त्रालयबाट कोभिड-१९ को सङ्क्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयबाट प्रेस विज्ञप्ति मार्फत सबै नागरिकहरूलाई सजग र सतर्क रही स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने तथा थप सावधानी अपनाउन सबैको जानकारीको लागि भन्दै आज एक सूचना जारी गरेको छ ।

कोभिड-१९ सङ्क्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेनटिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रहरुवाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन स्वास्थ्य कार्यालय तथा सबै स्थानीय तहहरूले आवश्यक तयारी गर्ने/गराउने सूचनामा भनिएको छ ।

कोभिड-१९ सङ्क्रमण थप फैलन नदिन विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रसारण गर्ने तथा स्वास्थ्य परीक्षण गराई सङ्क्रमणको अवस्था पहिचान स्वास्थ्य कार्यालय तथा सबै स्थानीय तहहरूले गर्ने गराउने भनिएको छ ।

सूचनामा स्यानिटाइजर, मास्क, सामाजिक दुरीको पूर्ण पालना गर्न गराउन स्थानीय तह र सुरक्षा निकायहरूलाई कडाइ गर्न निर्देशन दिइएको छ ।

रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसायको सन्दर्भमा जिल्लाको कोभिड-१९ सङ्क्रमणको अवस्था समेत विचार गरी भिडभाड नगर्ने र अबेरसम्म व्यवसाय सञ्चालन नगर्ने/नगराउने । सीमा नाकाहरूबाट आउने व्यक्तिहरूको सम्बन्धमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गरी उनीहरूको अनिवार्य अभिलेख राख्ने उनीहरूको अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउने व्यवस्था स्वास्थ्य कार्यालय तथा स्थानीय तहले मिलाउने सूचनामा भनिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]