• चैत ११, २०७७
  • जुनकिरी खबर

सुन भनी तामाको सिक्का दिएर ठगी गर्ने पक्राउ

alt

सुन भनि पहेलो सिक्का  दिएर ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले दुई जनालाई पक्राउ गरी कानुनी कारवाही अगाडि वढाएको छ ।

सुनसरीको इटहरी १० का यज्ञविक्रम ठकुरीलाई सुनको सिक्का भनेर ८ वटा पहेलो सिक्का दिएर ४लाख रुपैया ठगी गरि फरार भएका इटहरी ९का फैजान आलम र सुनसरीकै इनरुवा नगरपालिका १०का जल्लाउदिन मियालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

ठगी गरी फरार भएका फैजानलाई इटहरी र जल्लाउदिनलाई इनरुवाबाट पक्राउ गरी ठगी मुद्धामा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन केसीले जानकारी दिए । त्यसै गरी इटहरीबाटै स्कुटर चोरी गरी फरार रहेका मोरगं बुढीगंगा गाउँपालिका २का खगेन्द्र काफ्ले र सोही ठाउँका अर्विन मगरलाई बुढीगंगा २बाटै पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक केसीले वताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]