• चैत १४, २०७७
  • जुनकिरी खबर

इटहरी खानेपानी संस्थाको नयाँ भवन उद्घाटन

alt

इटहरी खानेपानी उपभोक्ता संस्थाले आफ्नो नयाँ  प्रशासनिक भवनको शनिवार उद्घाटन गरेको छ । 
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई को प्रमुख आतिथ्यमा इटहरी ४ पानी ट्याङ्कीमा सो भवनको उद्घाटन गर्नुभयो । एक वर्ष पहिल्यै तयार भइसकेको भवन कोरोना महामारीका कारण ढिला भइ उद्घाटन भएको हो । ७० प्रतिशत नेपाल सरकारको लगानी र ३० प्रतिशत खानेपानी उपभोक्ताको लगानीमा भवन निर्माण भएको हो । 
भवनको उद्घाटन गदै मुख्यमन्त्री राईले इटहरी खानेपानी उपभोक्ता संस्थाको भवन निर्माणले यहाँको सेवा र सुविधा थप हुने विश्वास व्यक्त गर्नुभयो । साथै संस्थाले इटहरीका जनतालाई दिँदै आएको पानी थप स्वच्छ र सेवा अवधि बढाउने कुरामा राईले जोड दिनुभयो ।
 
साथै मुख्यमन्त्री राईले प्रदेश सरकार आएपश्चात् जनताका आधारभूत सेवा सुविधा उपलब्ध गराउने कार्यमा प्रदेश १ सरकार गम्भीर भएर लागेको र परिणाम देखिन थालेको बताउनुभयो । सङ्घीयताले जनतालाई सुविधा दिएको वहाँको भनाई थियो ।
 
कार्यक्रममा इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले संस्थाको थप कार्य योजना अनुसार इटहरीवासीलाई खानेपानी सुविधा बढाउँदै लाने योजना रहेको बताउनुभयो । खानेपानीको धारा जडान बढाउने र शुल्कलाई समेत समायोजन गदै संस्थाले थप कार्यक्रमहरू ल्याउन लागेको जानकारी दिनुभयो ।
 
कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवा लगायत अतिथिहरूले संस्थाको कार्य प्रति शुभकामना व्यक्त गर्नुभएको थियो । 
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]