• चैत १४, २०७७
  • जुनकिरी खबर

इटहरीमा प्रदेश १ कै ठुलो म्याराथुन २०२१ आयोजना हुने

alt

इटहरीमा सामाजीक काममा अग्रसर रहेको सोसियल रिक्न्स्ट्रक्सन फाउन्डेसनले बैशाख ११ गते प्रदेश १ कै सबै भन्दा ठुलो अल नेपाल हल्फ़ म्याराथुन आयोजना गर्ने भएको छ।खेलकुदमा कोरोनाले देखा परेको समस्या लाई मध्यनजर् गर्दै आयोजना गर्न लागेको यसै सस्थाका अधक्क्ष राम निरौलाले बताए। हरेक वर्ष कुनै न कुनै विधामा कार्यक्रम गर्दै आएको यस सस्थाले यो पल्ट रन कार्यक्रम आयोजना गर्न लागेको हो “स्वास्थ्यको लागि खेलकुद नेपालको लागि खेलकुद ” भन्ने नाराका साथ आयोजना हुने उक्त रनमा यसपटक कोरोना माहामारीको समयले गर्दा प्रदेश १ मा कुनै पनि खेलकुद न भएको अबस्थामा यो कार्यक्रम आयोजना गर्न लागेको निरौलाले बताए। साथै यस कार्यक्रमको सम्पूर्ण ब्याबस्थापनको जिम्मा सोच खबर प्रा लि का निर्देशक कैलाश रेग्मीले हेर्ने भएका छन।

इटहरीमा पहोलो पटक यस्तो कार्यक्रम आयोजना हुन् लागेको यसै कार्यक्रमको संयोजक समेत रहेका निरौलाको भनाइ रहेको छ। प्रतियोगितामा पुरुषहरु र महिलाको लागि कुनै वर्ग न रहने गरि २१ किलोमिटरको रन आयोजना गरेको छ भने महिला तर्फ मात्र १० किलोमिटर आयोजना गरेको छ। यस कार्यक्रममा सहभागिता जनाउनेले दर्ता शुल्क ५ सय रुपैयाँ तोकिएको आयोजकले जानकारी दिएको छ।

दर्ता बैशाख ६ गते सम्म रहेको आयोजकले जानकारी दिएको छ।बैशाख ११ गते बिहान ७ बजे सुरु हुने प्रतियोगितामा महिला र पुरुषतर्फ खुल्ला प्रथम हुनेले नगद १५० हजार, दोस्रो हुनेले १ लाख तेस्रो हुनेले ५० हजार र सन्तोना हुनेले १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरीने बताइएको छ । त्यसै गरी १० किलोमिटर महिला तर्फ हुने लाइ क्रमस प्रथम ३० हजार दोर्सो होने लाइ २० हजार र तेर्सो हुने लाइ १० हजार र सान्तोना हुने लाइ ५ हजार सहि मेडल प्रमाण पत्र प्रदान गर्ने जानकारी दिएको छ। दौडको रुट इटहरीबाट धरानको बिस्वकर्मा मन्दिर खुल्ला सम्मको रहेको छ भने महिला तर्फ इटहरी बाट पहिलो टयानकी हुदै पुनः इटहरीको आप्गछी सम्म आएर सम्पन्न हुने छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]