• चैत १६, २०७७
  • जुनकिरी खबर

इटहरीमा छुरा प्रहार गरी कार्कीको हत्या, घटनामा संलग्न रेग्मी पक्राउ

alt

इटहरीमा छुरा प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । सोमबार इटहरी २ बेलगाछीका केशव कार्कीको छुरा प्रहार गरी हत्या गरिएको हो ।

ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार अन्दाजी १ बजेको समयमा स्थानीय ५० वर्षीय कार्कीको हत्या भएको हो । हत्या गर्ने सोही ठाउँका जीवनाथ रेग्मी रहेका छन् ।

घटनामा संलग्न ५५ वर्षीय रेग्मीलाई प्रहरीले तत्कालै स्थानीयको सहयोगमा पक्राउ समेत गरेको छ । रेग्मी र कार्कीबीच काठको विषयलाई लिएर सामान्य मनमुटाव रहेको स्थानीयको भनाइ छ ।

स्थानीयको भनाइ अनुसार दिउँसो घरमै सुतिरहेका बेला कार्कीलाई रेग्मीले भाला प्रहार गरेका थिए । भालाले लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि स्थानीय अस्पताल लगेपनि उनको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो ।

हत्याको कारण भने व्यक्तिगत रिसिइबी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक कार्कीको शब पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]