• चैत १८, २०७७
  • जुनकिरी खबर

लोकल रक्सीको ‘ब्राण्डिङ’ गर्दै प्रदेश १ सरकार

alt

प्रदेश १ मा नेपाली कोदोको रक्सीलाई ‘ब्राण्डिङ’ गरी बिक्री वितरण गर्न कानुनी र व्यवहारिक पक्षको अध्यायन गरिने भएको छ। स्थानीय स्थरमा उत्पादिन कोदोबाट गाउँ गाउँमा बनाइने मदिरा (लोकल रक्सी) लाई व्यवसायिक रुपमा बिक्री खुला गर्ने विषयमा प्रदेश सरकारले चासो दिएको हो। 

‘गाउँमा स्थानीय स्रोत साधनको प्रयोग गर्दै कोदोबाट रक्सी बनाएर खाने र बिक्री हुने गरेको नयाँ होइन्,’ सामाजिक विकासमन्त्री उषाकला राईले भनिन्, ‘यो बिक्री गर्न कानुनले बन्देज लगाएकाले यसको समाधान खोज्न हामी लागेका छौँ।’ उनले ‘ब्याण्ड भर्सेज ब्राण्ड’ को अवधारण प्रदेश सरकारले ल्याएको समेत जानकारी दिइन्।

मन्त्री राईले विदेशबाट ठूलो परिणाममा मदिरा आयात गरी नेपाली पैसा विदेश पुगेको समयमा यो क्रमलाई रोक्न पनि नेपालमानै उत्पादन हुने लोकल मदिरालाई ब्राण्डिङ’ गर्न आवश्यक रहेको बताइन्। ‘हामी एक बोतलकै हजारौँ रुपैयाँ पर्ने विदेशी मदिरालाई ‘चियर्स’ गरेर रमाउँछौँ, यसले नेपाललाई फाइदा पुर्‍याउँदैन,’ उनले भनिन् ‘अब हाम्रो लक्ष भनेको लोकल रक्सीलाई ब्राण्डिङ गरेर स्थानीय नागरिकको पनि आर्थिक अवस्थाको सुधार गर्ने हो।’ 

प्रदेश १ का सबै जिल्लामा लोकल रक्सी स्थानीय आदिवासि जनजाती समुदायले उत्पादन गर्ने गरेको बताउँदै मन्त्री राईले भनिन्, ‘गाउँमा उत्पादन गरेको रक्सी सानु मात्रामा बेच्दा समेत हामी प्रहरीलाई ड्रम र बोतलमा लात्ती हान्न पठाउँछौँ, यसो गर्दा समृद्धि सम्भव छैन, अब लोकल उत्पादनलाई ब्राण्ड बनाउन प्रदेश १ ले सुरु गर्छ।’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]