• चैत १८, २०७७
  • जुनकिरी खबर

रेग्मीलाई इलाका प्रहरी कार्यालय इटहरीद्धारा सार्वजनिक

alt

होलीका दिन भाला प्रयोग गरी इटहरी २ बेलगाछी बस्ने केशव कार्कीको हत्या गरि फरार रहेको आरोपमा पक्राउ परेका कान्छा रेग्मी भन्ने जिवनाथ रेग्मीलाई इलाका प्रहरी कार्यालय इटहरीले सार्वजनिक गरेको छ ।

आफ्नै घरमा टि.भी.हेरि रहेको समयमा कार्कीलाई कोखामा भाला प्रहार गरी घाइते वनाई फरार भएका रेग्मीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

कार्कीलाई भाला हानी फरार भएका रेग्मीलाई प्रहरीले इटहरी २मा रहेको कृषि अनुसन्धान निर्देशनालय तरहरा परिसरमा लुकीछीपी बसेको अवस्थामा  प्रहरी पक्राउ गरी रेग्मीलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक अर्जुन केसीले जानकारी दिए ।

भाला प्रहारबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा सोही दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । 

त्यसै गरी इटहरी प्रहरीले गत वर्ष साउनमा इटहरी १०का कृष्ण ढकाललाई कुटपीट गरी हत्या गरेर फरार भएका सोही ठाउँका सुभाष चौधरी र मदन थापा आफै गत १५ गते इकाला प्रहरी कार्यालय इटहरीमा आएको समेत केसीले वताए । 

हत्याको आरोप लागेका चौधरी र थापालाई सुनसरी जिल्ला अदालतबाट हिरासतमा राख्न र अनुसन्धान गर्ने अनुमति लिएर अनुसन्धान गरिरहेको समेत प्रहरी नायव उपरिक्षक केसीले जानकारी गराए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]