• चैत २२, २०७७
  • जुनकिरी खबर

मोरङको पूर्वी नाकाबाट बढ्यो तस्करी

alt

मोरङको पूर्वी नाका हुँदै भारतदेखि अवैधरुपमा खुलेआम तस्करी हुने गरेको पाइएको छ। खुला सीमाको फाइदा उठाउँदै रंगेली नगरपालिकाको धनापट्टी, रतुवामाई नगरपालिको सिक्टी, आमतोला, धनपालथान गाउँपालिका दक्षिण क्षेत्रको मायागञ्ज र खैरबना नाकादेखि खाद्यवस्तु तस्करी हुने गरेको पाइएको हो।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) रंगेलीको टोलीले शुक्रबार ठूलो परिमाणमा तस्करीको चिनीसहित ट्रक नियन्त्रण गरेको छ। सशस्त्र प्रहरीका प्रहरी निरीक्षक कमल अधिकारीको कमाण्डमा खटिएको टोलीले रंगेली-५ धनापट्टी टोलबाट भारतदेखि तस्करी गरी ल्याएको चिनी र खाद्यवस्तु बरामद गरेको हो।

सशस्त्र प्रहरीले को १ ख ४४०० नम्बरको मिनी ट्रकमा लोड गरी ल्याएको चिनीको एक दर्जन बोरा, धान ६४ बोरा, २/२ बोरा चामल र गहुँ बिलबिजक नभएको बरामद गरेको जनाएको छ। सशस्त्र प्रहरीका अनुसार तस्करीमा लागेका गिरोहले अवैध रूपमा भारतदेखि चिनी र खाद्यवस्तु धनापट्टीमा ल्याएर राखेका थिए।

‘तस्करले ट्रकमाथि धानको भुस राखेका थिए भने त्यसको मुनि चिनी र खाद्यवस्तु राखेको भेटियो,’ घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले भने। सशस्त्र प्रहरीले बरामद गरेको चिनी, खाद्यबस्तु र ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएको छ।

रंगेलीको चोपडा नाकादेखि यसअघि पनि सशस्त्र प्रहरीले एक ट्रयाक्टर भारततर्फ तस्करी हुन लागेको हरियो मटर बरामद गरेको थियो। प्रहरीले बरामद गरेको मटर चोपडाका व्यापारी राजेश साहको रहेको थियो।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]