• चैत २९, २०७७
  • जुनकिरी खबर

इटहरीमा टिपरको ठक्करबाट एकजनाको मृत्य्

alt

कोशी राजमार्गस्थित इटहरीको आँपगाछीमा धरानतर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट एक जानको मृत्यु भएको छ ।

प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको ट्रिपरले ठक्कर दिदा इटहरी उपमहानगरपालिका वडा नम्बर १ आर्दश टोलका कर्ण बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । सडकको किनारामा हिडिरहेका उनलाई ट्रिपरले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । उनिहरुका अनुसार ट्रिपरले सडकको लेनभन्दा बाहिर आएर गुरुङलाई ठक्कर दिइएको दाबी गरेका छन् । सो क्रममा आक्रोशित स्थानिय तथा आफन्तहरुले केही घण्टा सडक अबरुद्ध भएको थियो ।

ट्रिपरको कारण सबारी दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीको समेत बिरोध गरेका थिए । तिब्र गतिमा गुड्ने ट्रिपर जस्ता भारवान सबारी साधनलाई नियमन नगर्दा दैनिक सर्वसाधरणले मृत्युको मुखमा पुगेको स्थानियहरुको आक्रोश थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]