• चैत २९, २०७७
  • जुनकिरी खबर

विपक्षी दलले उठाएका कुरा सदनमा जवाफ दिइने

alt

विपक्षी दलको अवरोध खुलाउनेबारे प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आयोजना गरेको बैठकमा सत्ता पक्षका नेताले विपक्षी दलले उठाएको कुरा सदनमा जवाफ दिने बताएका छन् । 

आइतबार आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्रीका तर्फबाट सहभागी आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विपक्षीहरुले उठाएको विषयमा मुख्यमन्त्री गम्भीर रहेको बताए । 

विपक्षी दलले उठाएको कुरा मुख्यमन्त्रीले सदनमा जवाफ दिने मन्त्री कार्कीको भनाइ थियो । 

जारी गतिरोधका विषयमा सघाउन आफूहरु तयार रहेको विपक्षी दलका नेताले बताए । जनता समाजवादी पार्टीका नेता जयराम यादवले सरकारलाई गतिरोध टुङ्ग्याउने विषयमा सघाउन तयार रहेको बताए । उनले मुख्यमन्त्रीले संसद् र सर्वदलीय बैठक फेस गर्नुपर्ने बताए । 

‘हामी विपक्षी दलको एउटै स्वर रह्यो, मुख्यमन्त्रीसँग हाम्रो छलफल हुन पर्छ, आन्तरिक मामिला मन्त्रीले हाम्रो माग पूरा गर्न सक्छ र ?’ ब्लाष्टसँग कुराकानी गर्दै नेता यादवले भने, ‘मुख्यमन्त्री नआएपछि बैठक त्यत्तिकै भयो, फेरि मुख्यमन्त्रीलाई नै बोलाउने र छलफल गर्ने कुरो भएको छ ।’

सभामुख प्रदीपकुमार भण्डारीले आयोजना गरेको बैठकमा मुख्यमन्त्री शेरधन राई अनुपस्थित भए । मुख्यमन्त्रीको अनुपस्थितिमा मुख्य विषयमा प्रवेश नै नगरी बैठक सकिएको थियो । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]