क्वालालम्पुर — मलेसियामा आयोजना हुने भनिएको एक सांगितिक कार्यक्रमका लागि मलेसिया आएका ३ जना कलाकारसहित ३२ जनालाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ ।
एसएसओजी धमाका वान नामक सांगीतिक कार्यक्रमका लागि मलेसिया आएका गायिकाद्धय श्रेया राई, सुनिता थेगिम, गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक गत बिहीबार पक्राउ परेका हुन् । मलेसियाली अध्यागमन नियम कानुन उल्लंघन गरेको आरोपमा उनीहरुलाई कार्यक्रम शुरु हुनु अगावैदेखि खानतलासी गरी नियन्त्रणमा लिइएको बताइएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved