प्राथमिक स्वास्थ्य केन्द्रको कार्यालयमा रातभर पार्टी गरेकाे समाचार लेख्दा पत्रकारलाई स्पष्टीकरण माग गरिएकाे छ ।
आठराई गाउँपालिकाको सक्रान्ति बजारमा रहेको स्वास्थ्य केन्द्र गएको बुधबार साँझ स्वास्थ्य कार्यालयमा पार्टी र दोहोरी साँझ नै सञ्चालन गरेकाे थियाे । पार्टीमा बजाएकाे गीतले बजारमा होहल्लासमेत भएको थियो ।
त्यसको भोलिपल्ट ‘हाम्रो सवाल डटकम’ सञ्चालक तथा सम्पादक अमृत बास्तोलाले ‘स्वास्थ्य केन्द्रमै पार्टी सञ्चालन’ भनेर समाचार लेखेका थिए । उक्त समाचार मनगणन्ते भएकाे भन्दै गाउँपालिका कार्यालयले सञ्चालक तथा सम्पादक बास्तोलालाई स्पष्टीरण मागेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रले पत्रकार बास्तोलाविरुद्ध गाउँपालिकाको कार्यालयमा उजुरी दिएपछि गाउँपालिकाले बास्तोलालाई ७ दिनभित्र लिखित स्ष्टीकरणसहित उपस्थित हुनु भनिएको छ
विभिन्न सञ्चार माध्यममा समाचार प्रसारण, प्रकाशन भएपछि स्वास्थ्य केन्द्रका प्रमुख डाक्टरले शुक्रबार दिउँसो फोन गरेर पत्रकार बास्तोलालाई धम्कीसमेत दिएका थिए ।
समाचारको विषयमा दुवै पक्षलाई मिल्न गाउँपालिका कार्यालयले बास्तोलालाई बोलाएर समाचारबारे माफी माग्न लगाएको थियो । तर बास्तोलाले अस्पताल जस्तो संवेदनशील र सार्वजनिक स्थलमामा पार्टी तथा मदिरा जन्य वस्तु प्रयोग गरेर खैलाबैला गर्दै गैरजिम्मेवारी काम गरेको विषयमा लेखेको समाचारको बारेमा माफी नमाग्ने अडान लिएपछि उनलाई गाउँपालिकाले लिखित रूपमा स्ष्टीकरण मागेको हो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved