• वैशाख ३, २०७८
  • जुनकिरी खबर

पत्रकार महासंघ सुनसरीको नयाँ नेतृत्वको पदस्थापन

alt

नेपाल पत्रकार महासंघ सुनसरीको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्य समितिले एक कार्यक्रमका विच पदस्थापन गराएको छ ।

प्रदेस नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीको प्रमुख आतिथ्यतामा नयाँ कार्य समिति लाई शपथ ग्रहण गरेको हो । गत २५ गते सम्पन्न भएको निर्वाचनमा नेपाल प्रेस युनियन नेतृत्वको विभिन्न १२ संगठन सहभागी चुनावी मोर्चामा सहभागी संयुक्त प्यानलका तर्फबाट प्रेस सेन्टर नेपालका जनकऋषि राईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । नव निर्वाचित अध्यक्ष राई लगायत कार्यसमितिलाई निर्वाचन समितिका संयोजक कृष्ण अधिकारीले शपथ खुवाएका थिए ।

महासंघका निर्वतमान अध्यक्ष अमर खड्काको अध्यक्षतामा भएको शपथ ग्रहण कार्यक्रममा महासंघ सुनसरीमा आवद्ध रहेर महासंघको केन्द्र तथा प्रदेस समितिमा निर्वाचितहरुलाई सो कार्यक्रममा सम्मान गरिएको थियो । पत्रकार महासंघ सुनसरीमा आवद्ध अमर खड्का , इकवाल अहमद र भिषण राई महासंघको केन्द्रय समितिमा निर्वाचित हुन सफल भएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पुर्व अध्यक्षहरु , पत्रकार आवद्ध विभिन्न संघसंगठनका नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]