• वैशाख ३, २०७८
  • जुनकिरी खबर

रामधुनी नगरपालिकामा खेलाडीहरुको धर्ना

alt

सुनसरीको रामधुनी नगरपालीकामा सम्पन्न दोस्रो राष्ट्रपति रनिड सिल प्रतियोगीतामा अनियमीतता भएको भन्दै बिद्यार्थीले रामधुनी नगरपालिका घेराउ गरेका छन् ।

नगरले आयोजना गरेको उक्त खेलको उचित ब्यबस्थापन गर्न नसकेको भन्दै केही बिद्यालयका बिद्याथीले नगरपालिकाको शिक्षा शाखा घेराउ गरेका हुन् । आफुले धेरै मेहनत गरेको र मेहनत गरेजती खेल्न नपाएको खेलाडीहरुले गुनासो गरेका छन् ।

सामान्य चोट लाग्दा पनि खेल सन्चालननै बन्द भएको र खेलाडीहरुको गुनासो नसुनेको कारण नगरपालिका घेराउ गर्न बाध्य भएको पिडित बिद्यार्थीहरुले आरोप लगाएका छन । हातमा चोट लागेर पनि सेमीफाइनलमा पुगेको र अर्को खेलाडी बेहोस भएको भन्दै खेल नै रद्द गरेकाले आफुले गरेको मेहनत खेर गएको साथै पुरस्कार पनि उचित नभएको खेलाडीहरुको गुनासो छ ।

यता नगरले आयोजना गरेको खेल प्रतियोगितामा एक लाखको बजेट भएपनि बिभिन्न कारणले खेल सञ्चालन गर्न मुस्किल हुनुको साथै बजेट अपुग भएपछि यस्तो समस्या आएको हुन सक्ने नगरपालिकाका शिक्षा शाखा प्रमुख राजन गेलालले बताउनूभयो । वहाँले बिद्यार्थी खेलाडीहरुको समस्या सुनेर समाधान निकाल्ने जानकारी दिनुभयो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]