• वैशाख ७, २०७८
  • जुनकिरी खबर

सुनसरी प्रशासनको निर्णयः मास्क नलगाउनेलाई कार्यालय प्रवेशमा निषेध

alt

सरीको जिल्ला कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) बैठकले मास्क नलगाउने व्यक्तिलाई कार्यालय, पसल र सार्वजनिक स्थलमा प्रवेश नदिने नियम कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारले सोमबार गरेको निर्णय कार्यान्वयन कडाइका साथ गराउने निर्णय गर्दै बैठकले सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत् सेवा प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन गरेको छ । 

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, जुलुस, हाटबजार, खेलकुदलगायत मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । 

संक्रमणका अवस्थामा समन्वय र सहजीकरण गर्ने जिम्मेवारी स्थानीय सरकारलाई तोकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।  

होम क्वारेन्टिन र होम आइसोलेसनको व्यवस्थापन, व्यक्तिको स्वास्थ्य अनुगमन, अस्पतालसम्म पुर्याउन सहजीकरण गर्ने जिम्मा स्थानीय तहलाई तोकिएको छ ।

आवश्यक्ता अनुसार स्वाब संकलन र पीसीआर परीक्षणको व्यवस्था मिलाउनसमेत स्थानीय सरकारलाई दायित्व दिइएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]