• वैशाख ९, २०७८
  • जुनकिरी खबर

इटहरीमा सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन लगत संकलन सुरु

alt

इटहरीमा वसोवास गरिरहेका भूमिहिन सुकुम्वासी र भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित वसोवासीलाई ब्यवस्थित गर्न प्रक्रिया सुरु गरिएको छ । इटहरीमा भोली वैशाख ९ गते  देखि २० वटै वडाका टोल टोलमा लगत संकलन सुरु गरिदै छ । लगत संकलनका लागि २५ जना कर्मचारी खटिने छन ।

ठूला ५ वटा वडामा दुई दुई जना र अन्य वडामा एक एक जनाका दरले कर्मचारी खटाइएको छ । वैशाख महिना भित्रमा इटहरीका सवै भूमिहिन सुकुम्वासी भूमिहिन दलित र अब्यवस्थित वसोवासीको लगत संकलन गरि सकिने छ । इटहरीमा भूमी सम्वन्धी समस्यालाई समाधानका लागि सहजिकरण गर्न नगरप्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समिति गठन गरिएको छ ।

यसैगरि सवै वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समिति गठन गरिएको छ ।नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समितिको वैठक वसि लगत संकलन कार्यलाई कसरी सहज वनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]