• वैशाख १०, २०७८
  • जुनकिरी खबर

इटहरीमा सुकुम्वासीको लगत सङ्कलन सुरु, मन्त्रीद्धार अनुगमन

alt

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाम्फेले इटहरीमा भूमिहीन सुकुम्वासीको लगत सङ्कलन कार्यको निरीक्षण गर्नुभएको छ । 
 
इटहरी उपमहानगरपालिकाको वडा नम्बर ९ लालिगुरास टोलमा आयोगका पदाधिकारी स्थानीय जनप्रतिनिधि सहितको टोलीले अनुगमन गरेको हो ।  अनुगमनका क्रममा झुटा विवरण नटिपाउन मन्त्री तुम्बाहाम्फेले आग्रह गर्नुभएको  छ । साथै तोकिएकै समयमा इटहरीका सबै भूमिहीन सुकुम्वासी भूमिहीन दलित र अव्यवस्थित वसोवासको लगत सङ्कलन गर्न कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।
 
बिहीबार देखी  इटहरी उप महानगरपालिकाले सुरु गरेको लगत सङ्कलनमा भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित वसोवासलाई व्यवस्थित गर्न टोल टोलमा लगत सङ्कलन भइरहेको छ । इटहरीमा बिहीबार देखी २० वटै वडाका टोल टोलमा लगत सङ्कलन सुरु भएको छ । लगत सङ्कलनका लागि २५ जना कर्मचारी खटाइएको  उपमहानगरपालिकाले जनाएको छ । ठुला ५ वटा वडामा दुई दुई जना र अन्य वडामा एक एक जनाका दरले कर्मचारी लगत सङ्कलनको लागि परिचालित भएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । वैशाख महिना भित्रमा इटहरीका सबै भूमिहीन सुकुम्वासी भूमिहीन दलित र अव्यवस्थित वसोवासीको लगत सङ्कलन गरी सक्ने तयारी उपमहानगरपालिकाको छ ।
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]