• वैशाख १२, २०७८
  • जुनकिरी खबर

इटहरीमा प्रहरीको माक्स खै अभियान शुरु

alt

सुनसरी प्रहरीले समेत मास्क खै अभियान संचालनमा ल्याएको छ । समुदायमा संक्रमण फैलने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले जिल्लामा मास्क खै अभियान पूनः संचालनमा ल्याएको हो । सोही अभियान अन्तर्गत इटहरीमा पनि इलाका प्रहरी कार्यालय इटहरीले मास्क खै अभियान संचालन गरेको छ ।

अभियान अन्र्तगत प्रहरीले अनिवार्य मास्क प्रयोगमा जोड दिदै स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । प्रहरीले सर्वसाधारणले अटेर गर्ने क्रम नरोकिएको भन्दै सचेतनाका लागि अभियान थाल्नु परेको जनाएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत स्वास्थ्य सावधानी अपनाउन जिल्लावासी समक्ष आग्रह गरेको छ । प्रशासनले भारतसँग सीमा जोडिएको जिल्ला भएकाले समेत कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै जिल्लावासी समक्ष स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न भनेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा बढ्दो संक्रमण दर र सकृय केसले अवस्था भयावह उन्मूख हुन सक्ने तर्फ सबै नागरिक सचेत हुन आवश्यक रहेको बताउनुभएको । प्रजिअ ढकालले स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउन प्रहरीलाई आवश्यक निर्देशन दिनुभएको छ ।।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]